मुख्य पृष्ट

शिवकोटीको पुर्खेली घर (चौघरा )
श्री गोबर्धन र महेश्वोर पुर्खाद्वारा वि. सं. १८४० मा निर्मित ६० फिट लम्बाई, ६० फिट चौडाई र ३० फिट उचाई भयको ३५ कोठे शिवाकोटी समाजको चौघरा दरबार


शिवाकोटी बंशावली खोज साईटमा पाल्नु भयका बन्धुलाई स्वागत छ। अब हामीले गर्भका साथ भन्न सक्छौ की संभवत भार्द्वाज गोत्रीय हामी शिबाकोटी विश्वमै पहिलो जात हौ जसले पहिलो पटक आफ्नो पुस्ताको अभिलेख ईन्टरनेटबाट खोज्न सक्षम् भएको छ।

मानिस एक बिबेकशील प्राणी भयको नाताले उसले आफुलाई चिन्न अनी जान्न खोज्द्छ र आफु कहाँबाट आएको र आफ्नो परिबारिक पृष्टभूमि के हो भनेर स्वभाबिक उत्सुकता प्रकट गर्दछ। आजको यो भौगोलिकीकरण, जानकार पुर्खाहरुको पलायन, श्रोत साधनको अभाब तथा बेस्त जीबन जस्ता कारणले गर्दा आफ्ना पुर्खाहरुको बिबरण त के आफ्ना सहोदर समेतको जानकारी नहुने जस्ता बास्तविकताले सृजन गरेको परिस्थिति संग सम्झौता गर्न हामी बिबस हुँदै गई राखेका छौ। जसरी आज हामी हाम्रा श्रदेय पुरखा श्री गणेश भन्दा माथि जान सकेका छैनौ त्यसै गरी भोली हाम्रा संततिले हामीलाई समेत नाबिर्सेलान भन्न सकिन्न। यस बास्तविकतालाई आत्मासाथ गर्दै समय सापेक्ष रुपमा संसारको जुनसुकै कुनामा भए पनि संपूर्ण बंधू तथा उत्सुक सबैले आफ्ना पुर्खाको बारेमा यथोचित जानकारी हसिल गर्न सकुन र आफ्नो परिचय पनि सुरक्ष्यित गर्न सकुन भन्ने उद्देश्यका साथ यस ई-बंसावली लाई बन्धुहरु समक्ष्य ळयाउने प्रयाश गरेका छौं।

हामीलाई आशा छ एसले पक्कै पनि लक्ष्य अनुशारको सहयोग संपूर्ण बन्धुहरुलाई पुराउने छ | यसमा भयका गलती तथा नामिलेका बंश बिबरणहरुलाई उचित तथा उपलब्ध हुन नसकेका बिबरणहरु हामीलाई उपलब्ध गराई यस कार्यका लागी यहांहरुको महान सहयोगको अपेक्षा गर्दछौं।

यश कार्यका श्रोत तथा बंश बिबरन खोज तथा प्रकाशन गरेर हामी सबैलाई गुण लगाउनु हुने श्रदेय श्री मित्रलाल शिवाकोटी प्रति हामी (उदय शिवाकोटी र शंकर राज शिवाकोटी ) हार्दिक आभार प्रकट गर्दै यस साईटको बारेमा आफ्ना चिनेजानेका शिवाकोटी बन्धुलाई जानकारी गराउन हामी अह्वान् गर्दछौं।



संस्थापक/संरक्षक/संबर्धक
http://www.shiwakoti.com.np
उदय शिवाकोटी, हाल वेलायत
शंकर राज शिवाकोटी, भक्तपुर नेपाल